Techie IT
शनिबार, वैशाख ६,२०८२

तार्केश्वर युवा क्लबको आयोजनामा प्रथम तार्केश्वर फुटसल कप हुँदै


काठमाडौं । तार्केश्वर युवा क्लबको आयोजनामा प्रथम तार्केश्वर फुटसल कप हुने भएको छ । आगामी फागुन १२ गतेका दिन ए–वान फुटसमा हुने प्रतियोगिताको फागुन १० गतेसम्म टिमदर्ता पनि खुला गरिएको र टिमदर्ताका लागी शुल्क ५५०० तोकिएको आयोजकले बताएको छ ।

तार्केश्वर युवा क्लबका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको हो ।

थप जानकारीको लागि निम्न मोवाइल नम्बरमा सम्पर्क गर्न पनि सकिने पनि आयोजकले जनाएको छ । सम्पर्क मोबाईल नम्बरहरु ९८६१७६२७१३, ९८४१०८९०८० ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #तार्केश्वर युवा क्लब


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545