Techie IT
शनिबार, वैशाख ६,२०८२

दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एसियन कपको फाइनलमा


जोर्डन एएफसी एसियन कपको फाइनलमा पुगेको छ।

गएराति सेमिफाइनलमा दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन फाइनलमा पुगेको हो।

दक्षिण कोरियालाई पराजित गर्न याजन अल नामट र मउसा अल तमारीले गोल गरे।

५३ औं मिनेटमा याजन र ६६ औं मिनेटमा मउसाले गोल गरेका थिए।

पराजित भएसँगै दक्षिण कोरिया सन् १९६० यता एसियन कपको उपाधि जित्ने लक्ष्य यसपटक पनि पूरा हुन सकेन।

जोर्डन पहिलो पटक फाइनल पुगेको हो।

जोर्डनले उपाधिका लागि इराक र कतारबीचको खेलको बिजेतासँग खेल्नेछ।


क्याटेगोरी : खेलकुद
ट्याग : #दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एसियन कपको फाइनलमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545