विश्वकप छनोट खेल्ने नेपाली यू–१९ क्रिकेट टिमको विदाइ

काठमाडौं । दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका लागि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमको विदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई विदाई गरेको हो । देव खनालकै कप्तानीमा नेपाली टोलीले यू १९ विश्वकप खेल्ने छ भने गुलसन झा पनि टोलीमा समेटिएका छन् ।
नेपालले जनवरी २१ तारिखमा न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । त्यसअघि १३ र १६ तारिखमा स्कटल्याण्ड र वेस्टइन्डिजसँग अभ्यास खेल खेल्नेछ ।
विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सचिव टङकलाल घिसिङले अझैपनि नेपाली खेलाडीले प्राप्त गर्नुपर्ने सुविधा र खेलकुदमा लगानीको क्षेत्र व्यापक रुपले बढवा गर्नुपर्ने आवश्यक रहेको बताए ।
उनले खेलाडीहरुले खेललाई जसरी माथि पु¥याएका छन् त्यसले सिङ्गो राज्यलाई, खेलकुद क्षेत्रलाई प्राथमिकता दिन ठूलो तागत मिलेको टिप्पणी गरे ।
यू १९ विश्वकप क्रिकेट टोलीमा को को ?
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसनकुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : ##breaking news, ##नेपाली यू–१९ क्रिकेट टिमको विदाइ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्