Techie IT
शनिबार, वैशाख ६,२०८२

महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि, चार खेल हुँदै


काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि सुरू हुँदैछ ।

मती प्रदेश र मधेश प्रदेश भिड्दैछन्।

खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

त्यस्तै, साढे ९ बजे नै हुने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्दैछन् । खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

आजै तेस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा चौथो खेल कर्णाली र कोशी प्रदेशबीच क्रमशः त्रिवि र मुलपानी मैदानमा हुनेछन् ।

पुस ६ गते बिहीबारबाट सुरु हुने प्रतियोगिता पहिलो पटक क्यानले राउण्ड रोबिन लिगको आधारमा खेलाउन लागेको हो ।

आठ टिम सहभागी प्रतियोगिताको तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीबीच ३१ डिसेम्बर अर्थात पुस १६ गते क्वालिफायर १ हुनेछ भने तेस्रो र चौथोमा हुनेबीच इलिमिनेटर हुनेछ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545