Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपालले ओमानलाई अन्तिम ओभरमा २४ रन बटुल्दै दियो १८५ रनको लक्ष्य


काठमाडौं । विश्वकप छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाएर १८४ रन जोड्यो ।

नेपालका गुल्शन झाले ५४ र कप्तान रोहित पौडेलले ५२ रन बनाए । ६० रनमा ४ विकेट गुमाएको अवस्थामा रोहित र गुल्शनबीच ७८ रनको साझेदारी भएको थियो ।

गुल्शन झा २५ बलमा चार छक्का र ५ चौकासहित ५४ रन बनाएर आउट भए । रोहितले ३७ बलमा २ छक्का र ५ चौका हिर्काए । नेपालले अन्तिम ओभरमा २४ रन जोडेको थियो ।

नेपालका कुशल भुर्तेल ३१, सन्दीप जोरा १० रन बनाएर आउट भए । करन केसीले ६ बलमा २ छक्का र एक चौकासहित २० रनमा अविजित रहे ।

आसिफ शेखले ६ र कुशल मल्लले ३ रनमात्र जोड्न सके । विवेक यादबले १ रन मात्र बनाए । ओमानका बिलाल खानले ३ विकेट लिए । अकिब इल्यासले पनि २ विकेट हात पारे ।


क्याटेगोरी : खेलकुद
ट्याग : #। विश्वकप छनोटको फाइनल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545