चाँगुनारायण कप फुटसल हुने
प्रदिप ढकाल ,भक्तपुर
मंसिर २२, शुक्रबार ।
झौखेल युवा क्लबको आयोजनामा चाँगुनारायण दुवाकोटमा फुटसल प्रतियोगिता हुने भएको छ ।आगामी मंसिर २९ गते चाँगुनारायण नगरपालिका–२ फौढोकास्थित फौढोका फुटसलमा चाँगुनारायण नगरपालिका फुटसल प्रतियोगिता – २०८१ आयोजना गरिने झौखेल युवा क्लबका अध्यक्ष देवेंद्र गेलालले जानकारी दिए । प्रतियोगितामा चाँगुनारायण नगरपालिकाका प्रत्येक वडा स्तरिय टिमले सहभागिता जनाउने छन्।
प्रतियोगिता संयोजक देवेंद्र गेलालले चाँगुनारायण नगरपालिकामा फुटबलसँगै फुटसलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले उक्त प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए । त्यस्तै उपविजेता टिमलाई ५० हजार प्रदान गरिनेछ । टिम दर्ता खुला रहेकोले टिम दर्ता गर्न ९८४९२६७६६३मा सम्पर्क गर्न सकिने समेत आयोजकले जनाए।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्