ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण
नेपालगन्ज, माघ ९ गते । केहीदिन यता बाँकेमा सुरु भएको शीतलहर र हुस्सुका कारण अत्यधिक जाडो बढेर जनजीवन प्रभावित बनेपछि जिल्लाका स्थानीय सरकारहरुले ज्येष्ठ नागरिकलाई न्यानो फाइबर सिरक वितरण गर्न थालेका छन् ।
सोही क्रममा चिसो अत्यधिक बढेकाले ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको जनाउँदै बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाभित्रका सात सय जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको छ ।
शीतलहरका कारण चिसो दिनदिनै बढ्दै गएपछि बैजनाथ गाउँपालिकाले ६९ र ७० वर्ष उमेर समूहका सात सय ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो ।
उहाँले चिसोबाट ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको जानकारी आएपछि विपन्न, अति विपन्न र अन्य सबै ज्येष्ठ नागरिकलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरिएको जानकारी दिनुभयो ।
चिसोका कारण कुनै ज्येष्ठ नागरिकले ज्यान गुमाउनु नपरोस् भनेर न्यानो कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार न्यानो कपडा वितरण कार्यक्रम बैजनाथ १ चिसापानी, २ डिगिया, ३ वैरहवा, ४ बानियाभार, ५ बनकटुवा, ७ पेडारी र वडा नम्बर ८ को कार्यालयमा आयोजित गरिएको थियो ।
कार्यक्रमहरुमा बैजनाथ गाउँपालिकाका अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, सामाजिक विकास समिति संयोजक भूमिसरा राना, महिला, बालबालिका र ज्येष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवाली ढकाललगायतले न्यानो लुगा र सिरक वितरण गर्नुभयो ।
यसअघि चिसो बढ्दै गएपछि गाउँपालिकाले ठाउँ ठाउँमा निःशुल्क दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइसकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताउनुभयो ।
उहाँले बैजनाथ गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा र निःशुल्क स्वास्थ्य बिमा पनि प्रदान गर्दै आएको जानकारी सो अवसरमा दिनुभयो ।
केहीदिन यता बाँकेमा सुरु भएको शीतलहर र हुस्सुका कारण अत्यधिक जाडो बढेर जनजीवन प्रभावित बनेपछि जिल्लाका स्थानीय सरकारहरुले ज्येष्ठ नागरिकलाई न्यानो फाइबर सिरक वितरण गर्न थालेका छन् ।
सोही क्रममा चिसो अत्यधिक बढेकाले ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको जनाउँदै बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाभित्रका सात सय जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको छ ।
शीतलहरका कारण चिसो दिनदिनै बढ्दै गएपछि बैजनाथ गाउँपालिकाले ६९ र ७० वर्ष उमेर समूहका सात सय ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो ।
उहाँले चिसोबाट ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको जानकारी आएपछि विपन्न, अति विपन्न र अन्य सबै ज्येष्ठ नागरिकलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरिएको जानकारी दिनुभयो ।
चिसोका कारण कुनै ज्येष्ठ नागरिकले ज्यान गुमाउनु नपरोस् भनेर न्यानो कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार न्यानो कपडा वितरण कार्यक्रम बैजनाथ १ चिसापानी, २ डिगिया, ३ वैरहवा, ४ बानियाभार, ५ बनकटुवा, ७ पेडारी र वडा नम्बर ८ को कार्यालयमा आयोजित गरिएको थियो ।
कार्यक्रमहरुमा बैजनाथ गाउँपालिकाका अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, सामाजिक विकास समिति संयोजक भूमिसरा राना, महिला, बालबालिका र ज्येष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवाली ढकाललगायतले न्यानो लुगा र सिरक वितरण गर्नुभयो ।
यसअघि चिसो बढ्दै गएपछि गाउँपालिकाले ठाउँ ठाउँमा निःशुल्क दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइसकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताउनुभयो ।
उहाँले बैजनाथ गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा र निःशुल्क स्वास्थ्य बिमा पनि प्रदान गर्दै आएको जानकारी सो अवसरमा दिनुभयो ।
क्याटेगोरी : समाज, स्थानीय
ट्याग : #ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्