Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले तारकेश्वर नगरकमिटिले जाजरकोट भूकम्प पिडितहरुलाई ६० ,००० सहयोग गर्ने


तारकेश्वर काठमाडौं । एमाले तारकेश्वर नगरकमिटिले जाजरकोट भूकम्प पिडितहरुलाई ६० ,००० सहयोग गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालय लामबगरमा बसेको नेकपा एमाले तारकेश्वर नगरकमिटिको बैठक सो निणर्य गरेको नगर कमिटिका अध्यक्ष बासु गौतमले बताउनु भयो ।

 

सो रकम प्रत्येक शाखा कमिटिबाट पाँच हजार र बाकी नगरकमिटिको तर्फबाट रकम संकलन गर्ने नगर कमिटिका अध्यक्ष गौतमले बताउनु भयो ।

बैठकमा मंसिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारी ,संगठन सुद्धिकरण र आगामी कार्ययोजना , वडा कमिटि गठन पूर्न गठन , जिल्ला नगरअधिवेशनको पूर्व तयारी लगायतका बिभिन्न बिषयमा छलफल भएको नगर सचिव राजु तिमिल्सिनाले बताउनु भयो ।

सचिव तिमिल्सिनाका अनुसार सो सचिवालय बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध सदस्यहरू, शाखा कमिटिका अध्यक्षहरु ,जनसंगठनका पदाधिकारी, प्रदेश , जिल्ला कमिटिका कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको छ।

समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ र अखिलले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा आजको बैठकमा छलफल भएको हो ।

बैठकमा अध्यक्ष बासु गौतम , प्रदेश सभासद अमन मास्के, एमाले काठमाडौ जिल्ला अध्यक्ष दिपक निरौला , पोलिटब्यूरो सदस्य एवं काठमाडौ जिल्ला ईन्चार्ज आनन्द पोखरेलको उपस्थीती रहेको थियो ।

एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ र अखीलले यही मंसिर ७ गते भ्रष्टाचार, महंगी, अनियमितता तथा राज्यको अराजकता विरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

.


क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले तारकेश्वर नगरकमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545