महायज्ञमा भक्तजनहरुको घुइँचो, दैनिक ४ हजारको सहभागिता

प्रदीप ढकाल ,भक्तपुर
आश्विन २२ सोमबार ।
भक्तपुरमा सञ्चालन भैरहेको महायज्ञमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ताथलिमा गत आश्विन ११ गतेदेखि सञ्चालन भएको महायज्ञका प्रत्यक दिन ३ हजार देखि ५ हजार भक्तजनहरुको उपस्थित हुने गरेकोआयोजकले जनाएको छ ।
त्यस्तै पछिल्लो ३ दिनदेखि महायज्ञमा ४ हजार देखि ५ हजारको हाराहारिमा भक्तजनहरुको सहभागिता रहने गरेको महायज्ञकासंकल्पकर्ता वालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले जानकारी दिएका छन ।
ताथलीमा रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमलाई जग्गा खरिद गरि भवन निर्माणको लागि सञ्चालन भएको भक्तपुर चाँगुनारायणताथली धार्मिक तथा सास्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सनिवार,आइतबार रसोमबार तीन दिन नै ५ हजार बढी भक्तजनहरुको सहभागीता रहेको थियो ।
महायज्ञमा चाँगुनारायण नगरपालिका,सुर्यविनायक नगरपाकिला तथा जिल्लाका अन्य स्थान तथा काठमाण्डौ र ललितपुर निवासीभक्तजनहरुको बढी सहभागिता हुने गरेको छ । छिमेकि जिल्ला काभ्रे लगायतबाट पनि सहभागि हुने गरेको छ ।
गत आश्विन ११ गते देखि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिकआश्रमको लागी जमिन खरिद गरि भवन निर्माणको सहयोगार्थ श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ सञ्चालन भैरहेको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्