Techie IT
शनिबार, वैशाख ६,२०८२

आश्रम अवश्य बन्छ: मेयर खत्री


प्रदीप ढकाल ,भक्तपुर
आश्विन २१ आइतवार

छोरीको घर आश्रम निर्माण गर्नको लागि लाख मात्र नभएर करोडकरोड बजेट विनियोजन गर्न तयार रहेको चाँगुनारायणनगरपालिकाका नगरप्रमुख जीवन खत्रीले बताएका छन शनिबार भक्तपुर जिल्लाको ताथलीमा सञ्चालन भएको श्रीमदभागवत विराटपितृ मुक्ति ज्ञान महायज्ञमा सहभागि भएका नगरप्रमुख खत्रीले उक्त कुरा बताएका हुन

आफ्नै कार्यकालमा आश्रम निर्माण गरि सक्ने पनि मेयर खत्रीले बताए त्यस्तै आश्रमको डिपिआर पनि नगरपालिकाले निःशुल्कगरिदिने बताएका छन

त्यस्तै सम्बोधनकै क्रममा मेयर खत्रीले भनेका छन–“मैले जनताको सुख दुखमा साथ दिने कसम खाएको छु मैले खाएको कसम पुरागर्ने कार्यमा साथ दिनको लागि विजयमूर्ति महाराज आएर जोडिनुभएको ढुक्क हुनुहोस आर्थिक अभावको कारणले आश्रम रोकिदैन अवश्य बन्छ विचमै छोडेर जान पर्दैन

साथै यसैगरी सोही दिन बाग्मति प्रदेशका प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि करिब २०लाख सहयोग गर्ने घोषणा गरेका छन भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. को ताथलीमा सञ्चालन भइरहेकोश्रीमदभागवत पितृ मुक्ति ज्ञान महायज्ञ २०८० मा सहभागी भई सांसद श्रेष्ठले बाबा आमाको सेवा गर्नु मेरो पनि अधिकार हो मेरो साथसधै रहने आश्रम निर्माण गर्न अहोरात्र लाग्ने छु भनि आगामि आर्थिक बर्ष २०८१८२ मा प्रदेश सभाबाट २० लाख छोरीको घर जेष्ठनागरिक आश्रम निर्माणको लागी बजेट छुट्टाउने घोषणा गरेका हुन्।

गत आश्विन ११ गते देखि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. को ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिकआश्रमको लागी जमिन खरिद गरि भवन निर्माणको सहयोगार्थ श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ सञ्चालन भैरहेको


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545