नार्गाजुन नगरपालिकाको सातौं नगर सभा : दुई अर्व पन्ध्र कारोड बजेट

काठमाडौं । नार्गाजुन नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ। असार ९ गते नगरपालिकाका आफ्नै हलमा नगर प्रमुख मोहन बहादुर बस्नेत र उप–प्रमुख उप प्रमुख शुशीला अधिकारी र संघीय संसद गणेश पराजुलीले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी सुरु भएको यस नगरसभाको पहिलो चरणमा नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको हो ।
उपमेयर शुशीला अधिकारीद्धारा आ.ब २०८०/ ८१ का लागी दुई अर्ब १५ करोड रुपैया बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभाको पहिलो सत्रमा उठेका सुझावहरुलाई दोस्रो चरणको सभामा छलफल गरी नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिने छ । जस अन्र्तगत चालु खर्च तर्फ ७३,३४,७४,०००, पूँजिगत तर्फ १,००,००,००० बजेट बिनियोजन गरिएको हो ।
प्रस्तुत बजेटमाथि १० वटै वडाका अध्यक्षले छलफलमा भाग लिएका थिए। प्रत्येक वडाध्यक्षले प्रस्तुत बजेटबारे धारणा राख्दै आफ्नो वडाको बजेटसमेत प्रस्तुत गरिएको थियो।
सम्बृद्ध नार्गाजुनको आधार , पर्यटन सहितको पूर्वाधार र आवसीय नगर को दीर्घकालीन नाराका साथ निति कार्यक्रम तथा बार्षिक योजना र बजेट निमार्ण गरिएको उपमेयर शुसीला अधिकारीले बताउनु भयो । कार्यक्रममा आर्थीक बिकाश अन्र्तगत राजस्व परिचालन , कृषि सिंचाई तथा पशुपालन ,उधोग बाणीज्य तथा रोजगार ।
संस्कृति , सम्पदा तथा पर्यटन प्रर्बदन , सहकारी तथा समाजिक विकास अन्र्तगत शिक्षा तथा खेलकुद , स्वास्थ , खानेपानी ,सरसफाई तथा फोहरमैला ब्यवस्थापन , लैङ्गीक समानता तथा पूर्वाधार विकास अन्र्तगत सडक , पुल ,भवन तथा सहरी बिकाश , वातावरण तथा बिपद्र ब्यवस्थापन , शुसासन , संस्थागत बिकाश , न्याय प्रणाली आदीलाई बिषेश प्राथमिकताका साथ राखीएको छ ।
कार्यक्रममा नगरप्रमुख मोहन बहादुर बस्नेतले नागार्जुन नगरपालिका कुनै पार्टि दल र ब्यक्तिको नभई समग्र नगरबासीको भएको हुँदा सबैका सुझाव सल्लाह र आईडियालाई कार्यन्वयन गरि समृद्ध र समुन्नत नगरपालिका निर्माण गर्न सबै मिली अघि बढ्न आह्वान समेत गरेका थिए।
नगर सभालाई सम्बोधन गर्दै बस्नेतले नगरपाकिालाई समृद्ध बनाउने गरी बजेट कार्यान्वयन हुने बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य , पूर्व मन्त्रि र संसद , प्रदेश संसद, कर्मचारी ,पत्रकारहरुको उपस्थीती रहेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नार्गाजुन नगरपालिकाको सातौं नगर सभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्