Techie IT
शनिबार, वैशाख ६,२०८२

काभ्रेस्थली सहित तारकेश्वरको बिभिन्न स्थानमा पशु चौपायामा ‘लम्पी स्किन’ रोग फैलियो : विज्ञ भन्छन ८० प्रतिशतसम्म दूध सुक्ने


पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग काभ्रेस्थली सहीत तारकेश्वका बिभिन्न स्थानमा फैलिन सुरु भएको छ।

पशु चौपायामा ‘लम्पी स्किन’ फैलिएपछि किसान समस्यामा परेका छन्। लम्पी स्किन’ रोगबाट गाँई बस्तुको ८० प्रतिशतसम्म दूध सुक्ने पशुबिज्ञ बताउछन ।

‘लम्पी स्किन’ रोग सर्ने भएकाले धेरै ठाउँमा फैलिए पनि किसानलाई जानकारी नहुँदा वास्तविक विवरण आफूहरूसँग प्राप्त नभएको विज्ञ केन्द्रले जनाएको छ । नेपालमा दुई वर्षअघि देखिएको यो रोग ‘लम्पी स्किन’ भाइरसका कारण लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्ने पशुसेवा विज्ञ केन्द्रले बताएको छ।

रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना–ठूला गिर्खाहरू देखापर्ने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिँगान बग्नेजस्ता लक्षण देखापर्ने गर्दछ।

रोगको नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन तारकेश्वरका किसानहरुले सरोकाला निकायहरुसंग माग गरेका छन ।


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वरको बिभिन्न स्थानमा पशु चौपायामा ‘लम्पी स्किन’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545