Techie IT
शनिबार, वैशाख ६,२०८२

बानियाँटार धनेश्वर सडक मेयर प्रकाश अधिकारीको सक्रियतामा कालोपत्रे


टोखा काठमाडौं । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको सक्रीयतामा बालुवापाटी धनेश्वर वानियाँटार मूल सडक पिच भएको छ । नगर स्तरीय बजेट बाट १ करोड १८ लाख रुपैयामा सो सडक पिच भएको हो ।

पहिलो चरण कालोपत्रे कार्य सम्पन्न भएपनि दोस्रो चरणको पिच हिजो साझ गरिएको छ । ६३० मिटर कालोपत्रे सडक अनुगमन गर्ने मेयर प्रकाश अधिकारी , उपमेयर तामाङ्ग , वडा अध्यक्ष रमेश डंगोल , वडा सदस्य शान्ता राई लयागत स्थानियहरुले सहजीकरण गरेका थिए ।

टोखाका मुख्य सडमा कालोपत्रेको काम धमाधम भैराखेको र नगरपालिकाको समग्र बिकाशमा अहोरात्र खटीएको नगरप्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #बानियाँटार धनेश्वर सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545