बुढानिलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि पुर्व जनप्रतिनिधिहरु संग सुझाव संकलन
![](https://www.sajhapana.com/wp-content/uploads/2023/05/347557803_6417535084965473_8975023892542328454_n-1536x691-1.jpg)
बुढानिलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि पुर्व जनप्रतिनिधिहरु संग सुझाव संकलन गरेको छ।
२०७९ साल बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित भए पश्चात दोश्रो पटक नीति तथा कार्यक्रम सहित बजेट निर्माण गर्न लागेको बुढानिलकण्ठ नगरपालिकाले २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरु संग सुझाव संकलन गरेको हो।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ सहितको उपस्थिति रहेको सो सुझाव संकलन छलफल कार्यक्रममा २०७४ सालको निर्वाचनमा विभिन्न वडामा निर्वाचित अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिकाको सभा हलमा भएको सो छलफलमा पुर्व जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेस गर्नुपर्ने विभिन्न विषयहरुका वारेमा सुझाव प्रदान गरेका थिए। साथै छलफलमा सहभागीहरुले पुर्व जनप्रतिनिधिहरुको अनुभव आदान प्रदानको अवसर सिर्जना गरेकोमा नगरपालिकालाई धन्यवाद समेत दिएका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बुढानिलकण्ठ नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्