Techie IT
शनिबार, वैशाख ६,२०८२

तारकेश्वर एमालेको ‘मिसन ग्रासरुट’ भोली : शिर्षत नेताहरुले प्रशिक्षण दिने


तारकेश्वर काठमाडौं । एमालेको ‘मिसन ग्रासरुट’ अभियान चलिरहेको छ । पार्टीको जरा संगठन टोल कमिटीसम्म पुगेर केन्द्रकै टोलीले उपचार गर्ने यो अभियान सफल पार्न ‘फस्ट एड बक्स’ बोकेर केन्द्रीय नेताहरू जिल्ला सदरमुकाम , नगर , वडाहरूमा पुगिसकेका छन् ।

सोही अनुरुप तारकेश्वरमा भोली शनिबार कान्तिपुर ए बि पार्टी प्यालेस नेपालटारमा हुने भएको छ । एमाले तारकेश्वर नगरकमिटिका अध्यक्ष बासु गौतमका अनुसार कार्यक्रम बिहान १०ः ३० बजे तय गरिएको र पार्टी केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव गोकर्ण बिस्ट प्रशिक्षण दिने बताउनुभयो सो कार्यक्रममा नगरकमिटि , वडा , टोल कमिटि , प्रदेश कमिटी ,जिल्ला कमिटी , नगर भित्र गठन भएका जन संगठनका पदाधिकारी , पार्टी सल्लाहकार , नगर भित्रका जनप्रतिनिधिहरु लाई उपस्थितका लागि अपिल गरिएको छ ।

एमालेले पनि जरा संगठनका रूपमा रहेको टोलसम्मका पार्टी प्रणालीमा उपचार गर्ने अभियान ल्याएको छ । जराहरू स्वस्थ र सञ्चारित भए भने पार्टीका हाँगा, डाँठ र पातहरू बलिया हुन्छन् । यसअघि पार्टीका जराहरू कमजोर भैरहेकोप्रति त्यति वास्ता गरिएन । जरालाई माया नगर्ने व्यवहार विकसित हुँदै गयो । जरा संगठनले पाउनुपर्ने अधिकारहरू कटौती हुँदै गए । जस्तो गत स्थानीय निर्वाचनमा, जसले जिताउनुपर्ने हो, उसलाई बेवास्ता गरियो । उम्मेदवार छनोटको अधिकार कटौती गरियो । काम मात्र थोपरियो । माथिल्ला कमिटीबाट वडा र पालिकामा उम्मेदवारहरू तोकिए । यसको परिणाम दुःखद आयो ।

पछिल्लो समय जरा संगठनलाई ध्यान नदिई टुप्पाटुप्पाबाट पार्टीका सबै निर्णय भइरहेका छन् । निर्णय अधिकार खिच्ने, आफूआफू मिलेर लाभको बाँडफाँट गर्ने तथा राजकीय पद र सुविधाहरूको खिचातानी गर्ने परिपाटी अस्वाभाविक रूपमा देखियो ।

हाँगा र पातहरूमा अनेक विकृति फैलिएपछि पार्टी थेग्ने जराहरू शिथिल र रोगी हुन थाले । हालै सकिएकोकमरेड हरु , वडा कमिटी का पदाधिकारी कमरेड हरु , वडा भित्र गठन भएका जन सङ्गठनका अध्यक्ष र सचिव कमरेड हरु , पार्टी सल्लाहकार कमरेड हरु , नगर भित्र का जनप्रतिनिधि कमरेड हरु सबैमा यहि सूचना मा तीनै तहका निर्वाचनमा जराले आफ्नो तागतसम्म प्रस्तुत गर्न सकेन ।

संसदीय प्रतिस्पर्धामा अब्बल एमालेले मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवाद ९जबज० को सफल प्रयोग गरिरहेको छ । नेपाली विशेषतासहितको जबजको जगमा एमालेले जनमत पाइरहेकै छ । यति हुँदाहुँदै पनि संगठन नै संगठन भएको पार्टी किन असंगठितजस्तो लाग्छ रु विचार भएको पार्टीका नेता–कार्यकर्ता किन दोबाटाको यात्रीजस्तो अलमलमा छन् रु पार्टीको आधार मानिएको जनवर्गीय संगठनहरू किन शक्तिहीन भैरहेका छन् रु यस्ता प्रश्नहरू मिसन ग्रासरुटले निरूपण गर्ने अपेक्षा छ ।

निर्वाचन परिणाम सोचेभन्दा फरक आउँदै छ भन्ने पत्तो नपाउने ग्रासरुट संगठनहरू त्यति बेला निदाएकै थिए त १ भुइँ संगठनहरूमा लागेको रोग निदान गर्न यस पटक केन्द्रीय टोली खट्ने भनिएको छ । परन्तुः यो ‘दौडाहा टोली’ मात्र हुन सक्छ ।

दौडेर पुग्ने, दौडेर फर्कने मात्र गर्दा वडास्तर संगठन सुदृढ गर्ने अभियान प्रभावकारी हुन सक्दैनन् । हुन त, ग्रासरुटमा खटिएका पार्टी नेताहरू ६० दिनसम्मै जनताका घरमा हुने भनिएको छ । नेताहरूको सुविधाभोगलाई निरुत्साहित गरिएको छ ।

प्रत्येक दिनको कामको दैनिक कार्यतालिका केन्द्रमा सम्प्रेषण गर्न भनिएको छ । चुनौतीहरू सामना गर्न र नवीन विचार दिन सक्ने नेता–कार्यकर्ता उत्पादन गरिने उल्लेख छ । तर्कशील, मिहिनेती, श्रमजीवी नेता र कार्यकर्ता बनाउने लक्ष्य राखिएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर एमालेको ‘मिसन ग्रासरुट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545