मनमैजु नापी कार्यालयका कर्मचारी ११ लाख नगद र १६ लाखको चेकसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज नापी कार्यालय मनमैजुका सर्वेक्षक रमेश उपरकोटी र मालपोत कार्यालय बाहिरका लेखापढी गर्ने व्यवसायी मुक्तिनाथ कानुनी सेवाका सञ्चालक अभिषेक कार्की रहेका छन् ।
जग्गा कित्ताकाँट गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय मनमैजुका सर्वेक्षक उपरकोटीलाई कार्यकक्षबाटै खानतलासी गरेर आवश्यक कागज गरी राती ८ बजे अख्तियारको टोलीले प्रक्राउ गरेको छ । उपरकोटीको साथबाट १ लाख ८५ हजार ३८८ रुपैयाँ नगद रकम सहित पक्राउ गरिएको छ । त्यस्तै लेखापढी व्यवसायी अभिशेक कार्की घुस रकम र चेकसहित नियन्त्रणमा परेका छन् ।
सेवाग्राहीलाई जग्गा कित्ताकाट गराइदिने प्रलोभनमा नापी सर्वेक्षक उपरकोटीले लेखापढी व्यवसायी कार्कीमार्फत घुस रकम डिल गरेका थिए । घुस मागिएको सूचना पाएपछि अख्तियारको टोली आज दिउँसो नापी कार्यालय मनमैजु पुगेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवत्ता भोला दाहालकाअनुसार नापी कार्यालय मनमैजुका सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएर गएको टोलीले निज सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई सेवाग्राहीबाट रु. १,७५,०००।– (एक लाख पचहत्तर हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा श्रोत नखुलेको रु. ७,६९,५००।– (सात लाख उनन्सत्तरी हजार पाँच सय रुपैया) र अभिशेक कार्कीको नाममा काटिएको रु. १६,००,०००।– (सोह्र लाख रुपैयाँ) को चेक थान–३ र सर्भेक्षक रमेश उपरकोटीको साथबाट श्रोत नखुलेको रु. १,८५,३८८।– (एक लाख पचासी हजार तीन सय अठासी रुपैयाँ) सहित नापी कार्यालय, मनमैंजुबाट दुई जनालाई नै नियन्त्रमा लिई अख्तियारले अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #breaking, #मनमैजु नापी कार्यालय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्