Techie IT
आईतबार, वैशाख ७,२०८२

स्थानीय तह अन्तर्गतको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा


सीता पौडेल(अर्चना)

काठमाडौं ।न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ।

काठमाडौं महानगरपालिकाको आयोजनामा आजबाट काठमाडौंको कमलादीमामा अवस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको सो सम्मेलनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको हो।

आज र भोली २०७९ चैत्र १५ र १६ गते २ दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरका सबै ७५३ वटा स्थानीय तह अन्तर्गतको न्यायिक समितिको  सहभागीता रहेको महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिनु भयो।

सम्मेलनबाट स्थानीय तहबाट हुने न्याय सम्पादनको कार्यमा प्रभावकारीता बृद्धि हुनुका साथै स्थानीय विवाद निरुपण छिटो, छरितो र पहुँचयोग्य हुन थप योगदान पुग्ने अपेक्षा गरिएको उपप्रमुख डंगोलले बताउनु भयो।

एक अर्काबिचको ज्ञान तथा अनुभव आदानप्रदान गर्ने र देशभरमा स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रबन्ध र उपयोगमा समान बुझाई विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो सम्मेलनमा पाँच वटा कार्यपत्र प्रस्तुत गरिने उपप्रमुख डंगोलको भनाई छ।

सम्मेलनमा न्यायिक समितिको अवधारणा,न्यायिक समितिसम्बन्धी कानुनी व्यवस्था, न्याय सम्पादनको क्षेत्राधिकार र प्रचलन विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल भएका विषयलाई समेटेर विवाद निरुपण काठमाडौं घोषणापत्र जारी गरिने नागार्जुन नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति  संयोजक शुशिला अधिकारीले बताउनु भयो।

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा दोस्रो दिन भोली विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलनको समापन गरिने बताइएको छ।


क्याटेगोरी : स्थानीय
ट्याग : #न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545