Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखामा मेलम्ची खानेपानी बिस्तार अभियान अनुरुप मेयर सहितका टोलीले गरे स्थलगत निरिक्षण


काठमाडौं । टोखा नगरबासीलाई खानेपानीको समस्या समाधान गर्न केहि समय अगाडी मेयर प्रकाश अधिकारीको बिशेष पहलमा मेलम्ची खानेपानी आयोजनासंग समन्वयन गरी टोखाको गोगंबु र धापासीमा पाइप राख्ने काम सम्पन्न भैसकेको छ भने नेपाल टेलिकम र बिधुत तार अण्डरग्राउन्डको काम धमाधम भैराखेको छ । खडेरी बढेसंगै टोखामा खानेपानीको समस्या समाधान गर्ने टोखा नगरपालिकाले बिभिन्न निकायहरुसंगको समन्वन गरि चाडो भन्दा चाडो काम सम्पन्न गराउन दवाव दिइरहेको छ ।

सोही क्रममा सोमबार टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी वडा नं ७ का वडा अध्यक्ष नरोतम राणा , वडा नं ८ का वडा अध्यक्ष रमेश खत्री वडा सदस्य र स्थानीय बासीहरुले को सीमानामा अनगमन गरेका छन ।

सोही क्रममा मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीहरुसंग बृहत छलफल गरि खानेपानी समस्या सामाधान गर्ने छिटो भन्दा छिटो काम सम्पन्न गराउन लागीपरेको बताइएको छ ।

महाराजगंज र टोखा नजीकै भएको कारण मेलम्चीको पानी सीधै टोखामा नआउने र बुस्टर पम्म मार्फत पानी बितरण गर्ने योजना अनुरुप आज स्थलगत अनुगमन गरिएको हो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #टोखामा मेलम्ची खानेपानी बिस्तार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545