Techie IT
आईतबार, वैशाख ७,२०८२

हिम रश्मी हाई स्कुलले शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गर्दै


काठमाडौं । तारकेश्वर वडा नं. ९ स्थित डाडाँगाउँमा अवस्थित हिम रश्मी हाई स्कुलले फागुन २७ गते २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको दिन शैक्षिक प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालय प्राङ्गणमा हुने कार्यक्रममा काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य तथा शिक्षाप्रेमी मा. शिशिर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

हिम रश्मी हाई स्कुलले प्रत्येक वर्ष बृह्त विज्ञान, कला, साहित्य, स्वास्थ्य गणित, सामाजिक आदि विषयमा विद्यार्थीहरुले ज्ञान आर्जन गरी प्रयोगात्मक रूपमा तयार पारेका शैक्षिक सामाग्रीहरू प्रदर्शनमा राखिनेछ । हिम रश्मी हाई स्कुल तारकेश्वरमा सबैभन्दा उत्कृष्ट नतिजा दिने विद्यालय हो ।

ईसिए/सिसिएमा पनि स्थानीय सरकार, प्यावशन, ओप्स लगायत विधिक संस्थाहले गरेका कार्यक्रमहरुमा हिम रश्मीले सफलता हासिल गर्दै आइरहेको छ । विद्यालयका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्का भन्नुहुन्छ – “ हिम रश्मी विद्यालयले शैक्षिक ज्ञानसँगै व्यवहारिक शिक्षाका लागि प्राथमिकता दिँदै आइरहेको छ ।”

विद्यालयको शैक्षिक वातावरणका लागि व्यवस्थापन पक्ष सबैभन्दा उत्कृष्ट हुन आवश्यक छ । त्यसका लागि हिम रश्मीले तारकेश्वरमा उत्कृष्ट व्यवस्थापन गर्न सफल भएको छ । कक्षा ११ र १२ का लागि समेत हिम रश्मी हाई स्कुल उत्कृष्ट नतिजा दिने विद्यालय हो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #हिम रश्मी हाई स्कुल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545