टोखामा जेष्ठ नागरिकलाई नगर प्रमुखद्धारा न्यानो कपडा वितरण

टोखा नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको छ । टोखा वडा नं १ मा आयोजित कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख अधिकारीसंगै उपप्रमुख मुरारी तामाङ र जिल्ला समन्वय समिति काठमाडौंका सदस्य राज कुमार बिडारीले पनि ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख अधिकारीले टोखा नगरपालिकामा भएका ज्येष्ठ नागरिक आमाबुबाहरुलाई चिसोको समयमा केही राहत पुगोस् भनेर न्यानो कपडा बितरण गरिएको बताउनुभएको थियो ।
टोखा नगरपालिकाको समग्र विकास र समद्धिका लागि आफू लागिपरेको बताउदै नगर प्रमुख अधिकारीले नगरबासीको माग र चाहना बमोजिम आफूले कार्य गरिरहेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउदै चिसोबाट जोगिन न्यानो कपडा बितरणले ज्येष्ठ नागरिकहरुलाई महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #न्यानो कपडा वितरण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्