Techie IT
आईतबार, वैशाख ७,२०८२

गोलढुंगामा अवस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभा


काठमाडौं । तारकेश्वर ५ स्थित गोलढुंगामा अवस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार नागार्जुन माध्यमिक विद्यालयमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै के.बी. उप्रेतीले महिलाले सञ्चालन गरेको एक सफल सहकारीलाई स्थानीय सरकारले भरपुर प्रयोग गरेर स्थानीय क्षेत्रको विकासमा प्रयोग गर्न सकिने बताएका थिए ।

कार्यक्रममा बोल्दै विशेष अतिथि गोलढुंगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सिताराम रेग्मीले सहकारीले समाजवाद उन्मुख राष्ट्र निर्माणको लागि एउटा इट्टा थप्ने भएकाले उत्पादनसिल र रोजगार दिलाउने क्षेत्रमा लगानी गर्न अनुरोध गरेका थिए ।

कार्यक्रमका अतिथिहरुमा तारकेश्वर वडा नं. ५ का वडाअध्यक्ष सम्भु फुयाँल, नागार्जुन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोदादेवी पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ताहरुलाई सम्मान गरिएको थियो ।

१४ औँ वार्षिक साधारण सभामा विभिन्न शीर्षकमा वचत गर्ने शेयर सदस्यलाई सम्मान गरिएको थियो । जसमा जेष्ठ नागरिक महिला र पुरुषतर्फ शान्ता आचार्य र रामप्रसाद फुँयाल, मुद्दति बचततर्फ मिनमार तामाङ र नियमित बचततर्फ तुलसा न्यौपाने र भगवती साँवालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । बाल वचतकर्ता थुपेन लामा र स्वस्तिका कार्कीलाई विद्यालय झोला प्रदान गरिएको थियो ।

त्यस्तै परोपकार बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन माध्यमिक विद्यालयबाट एसईई परिक्षामा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने एकजना छात्रा बिना गोले तामाङलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #गोलढुंगामा अवस्थित परोपकार बचत तथा ऋण सहकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545