Techie IT
आईतबार, वैशाख ७,२०८२

नागरिक सचेतना समाज नेपालको तेस्रो वार्षिक साधारण सभधा सम्पन्न


नागरिक सचेतना समाज नेपालको तेस्रो वार्षिक साधारण सभधा सम्पन्न भएको छ । काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधि सभाका सदस्य शिशिर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिहरुमा बागमती प्रदेश सभाका सदस्य ई. अमन मास्के र तारकेश्वर नगरपालिकाको निर्वतमान नगर प्रमुख रामेश्वर बोहरा र अतिथिहरुमा तारकेश्वर वडा नं. १० का दलित महिला सदस्य रत्ना परियार, निवर्तमान वडाअध्यक्ष अमृत थापा, कृषि अभियान्ता उद्धव अधिकारी, ग्रामिण आदर्श बहुमुखी क्याम्पसका पूर्व प्रमभुख डा. घनश्याम पुडासैनी, ग्लोबल आइएमई बैंकका मनमैजु शाखा प्रमुख देवेन्द्र रिजाल, प्रभु बैंकका मनमैजु शाखा प्रमुख जागृत पुन लगायत संस्थाका सल्लाहकार समितिका सदस्यहरु, संस्थाका साधारण सदस्यहरु र समाजसेवी र महिला समुहका प्रमुखको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । साधारण सभाले ५ सदस्यीय पदाधिकारी सर्वसम्मतीले निर्वाचित गरेको छ । सदस्यहरुका लागि कार्यसमितिको बैठकले थप गर्ने निर्णय भएको कार्यसमितिका अध्यक्ष प्रा. श्यामकृष्ण विष्टले बताउनुभयो ।

अध्यक्षमा प्रा. श्यामकृष्ण विष्ट, उपाध्यक्ष केशव अर्याल, महासचिव रामशरण न्यौपाने (सुशान्त), सचिव शाबित्रा देवि शर्मा, कोषाध्यक्षमा बिन्दालाई चयन गरेको छ । संस्थाको कधार्यसमिति सदस्य वा पदाधिकारी बन्नका लागि कम्तीमा ३ वर्ष सदस्यता प्राप्त गरी आजिवन सदस्यता अनिवार्य लिनुपर्नेछ ।

साधारण सदस्यहरु भने साधारणसभामा सहभागी बन्न सक्नेछन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय शिशिर खनालले नागरिक सचेतना समाज नेपालको आफ्नो अभिभावक संस्था भएको बताएका थिए । खनालले आफु सेवक भएकाले जनताका हरेक समस्या समाधानका लागि निरन्तर खटिएर जनताकासँग बसेर काम गर्न चाहेको बताएका थिए । सार्वजनिक शिक्षामा आफुले लामो समय काम गरेको हुँदा शिक्षामा आमुल परिवर्तनका लागि मुख्य मुद्दा उठाउने बताएका छन् । नागरिक सचेतना समाज नेपालसँग यस क्षेत्रको विकासका लागि निरन्तर छलफल गरेर अघि बढ्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि माननीय ईं अमन मास्केले काठमाडौं क्षेत्र नं. ६ को पू र्वाधानर विकासको लागि आफुसँग भएको क्षमतालाई प्रयोग गरेर जाने बताउनुभयो ।

अर्को एक प्रसङ्गमा मास्केले नागरिक सचेतना समाज नेपालले आगामी दिनमा विकास र समाज रुपान्तरणका लागि ल्याउने कार्यक्रमका लागि प्रदेश सरकारबाट आवश्यक बजेट बिनियोजन गराउने प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रममा तारकेश्वरका निवर्तमान नगर प्रमुख रामेश्वर बोहोराले आफ्नो कार्यकालमा कोरोना महामारी र विभिन्न संकटले गर्दा नागरिक सचेतना समाजका लागि त्यति धेरै ध्यान दिन नसकेको बताउनुभयो । आगामी दिनमा यस संस्थाले गर्ने कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा तारकेश्वर वडा नं. १० का निवर्तमान वडा अध्यक्ष अमृत थापा संस्थाका सल्लाहकार श्यामकृष्ण विष्ट लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव रामचन्द्र खनालले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दिनानाथ पौडेलले गर्नुभएको थियो ।

सभापतित्व संस्थाका अध्यक्ष प्रा.डा. प्रदिपचन्द्र गौतमले गर्नुभएको थियो । कार्यक्रममा ५० भन्दा बढिको सहभागिता रहेको थियो । बन्द सत्र सञ्चालनका लागि तीन सदस्यीय निर्वाचन कमिटिका संयोजक कृष्ण ओझाले सञ्चालन गर्नुभएको थियो । संयोजक ओझाले नयाँ निर्वाचित कार्यसमितिको घोषणा र वधाई दिएर कार्यक्रम समापन गरिएको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष प्रा.डा. प्रदिपचन्द्र गौतमले निर्वाचित अध्यक्ष प्रा. श्यामकृष्ण विष्टलाई टिका लगाएर माइनोट हस्तान्तरण गर्दै वधाई दिएका थिए । त्यस्तै निवर्तमान उपाध्यक्ष दिनानाथ पौडेलले निर्वाचित उपाध्यक्ष केशव अर्याललाई टिका लगाएर वधाई दिएका थिए ।

त्यस्तै निवर्तमान महासचिव रामचन्द्र खनालले निर्वाचित महासचिव रामशरण न्यौपाने (सुशान्त)लाई टिका लगाई वधाई तथा संस्थाको विधान लगायतका कागजात हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै निर्वाचित सचिव सावित्रादेवि शर्मालाई निर्वाचित महासचिवले टिका लगाई वधाई दिनुभएको थियो । निर्वाचित सचिव सावित्रादेवि शर्माले कोषाध्यक्ष बिन्दालाई वधाई दिनुभएको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #नागरिक सचेतना समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545