Techie IT
आईतबार, वैशाख ७,२०८२

क्षेत्र नं ६ (ख )मा एमालेबाट एक मात्र महिला सिफारीस साबित्रादेवी शर्मा को हुन् ?


काठमाडौं । संघ र प्रदेश सभाको चुनावको मिति घोषणासँगै दलहरुले आ–आफ्ना उम्मेदवारहरु छनौटमा जुटेका छन् । काठमाडौं क्षेत्र नं। ६ प्रदेश ९ख० मा एमालेले सुरुमा १३ जनाको नाम प्रस्तुत गरेपनि अहिले १० जनाको मात्र नाम परेको छ । जसमा ९ जना पुरुषसहित १ मात्र महिला नेतृ सावित्रा शर्माको नाम परेको छ ।

२०७९ बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा तारकेश्वर नगरपालिकाको मेयरको आकांक्षी सावित्रा शर्मा पार्टीलाई एक ढिक्का बनाउन र सर्बसम्मतीका नाममा रामेश्वर बोहोरालाई सर्मथन गर्नुभएको थियो ।

२०३८ सालदेखि राजनीतिमा सक्रियतापूर्वक जिम्मेवारी बहन गर्दै आउनुभएका महिला नेतृ शर्माले प्रदेश सरकारको सांसद् भएर जनपक्षिय काम गरेर देखाउन यसपाली प्रदेश सांसदमा आकांक्षी राख्नुभएको हो । सँधै पुरुषलाई मात्र नभएर एसपटक महिलाहरुलाई पार्टीले टिकट दिनुपर्ने केहि एमाले नेताहरुसहित महिलाहरुले जोडदार आवाज उठाएका छन ।

२०३८ सालदेखि राजनिती शुरु गरी स्ववियूको निर्वाचीत पदाधिकारी देखी हाल काठमाण्डौ जिल्ला कमिटी सदस्य सम्म पुग्दा विभिन्न सांगठनिक पदिय दायित्वमा रहि राजनीतिमा सक्रियता पूर्वक जिम्मेवारी बहन गर्दै आएकी छिन् ।

यस्तो छ सावित्रादेवि शर्माको राजनैतिक आवद्धता :

– २०३८–२०४० सालमा स्ववियू निर्वाचित सदस्य जनता मा।वि। सर्कुवा ।
– २०४३ सालमा स्व।वि।यू। पिपल्स क्याम्पस
– २०४८ सालसम्म नेकपा मालेको, त्यसपछी एमालेको सदस्यता लिई सकृय भुमिकामा रही काम गर्दै आएको ।
– ०६२र०६३ को जनआन्दोलनमा धेरै सकृय रुपमा काम गरेको ।
– २०६५ देखी ०७८ फागुनसम्म वाग्लुङ्ग–काठमाण्डौ सम्पर्क मञ्चमा निर्वाचीत पदाधिकारीमा रहि सकृयतापुर्वक काम गरेको ।

हाल  वडाको पाटी कमिटी सदस्य, नगर कमिटी सचिवालय सदस्य हुँदै हाल काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा तारकेश्वर नगरपालिका वडा नं ९ को इन्चार्ज तथा क्षेत्र नं ६ समन्वय कमिटीमा रहेर पार्टीले दिएको कामको पूर्ण जिम्मेवारीमा रही नगरको भुगोलमा सकृय रूपमा काम गर्दै आउनुभएको छ ।
– अखिल नेपाल महिला संघको केन्द्रीय संघरसस्था विभाग सदस्य ।
– अनेमसंघ तारकेश्वर नगर कमिटी उपाध्यक्ष ।
– काठमाडौं क्षेत्र नं। ६ समन्वय समिति सदस्य भई सकृयतापुर्वक काम गर्दै आएको ।

सामाजीक क्रियाशिलतामा  सावित्रादेवि शर्मा

– नागरिक सचेतना समाज नेपालको कोषाध्यक्ष
– ऋृद्धि लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उपाध्यक्ष
– जिल्ला सदस्य काठमाण्डौ सामाजीक र आर्थिक रुपान्तरणकोलागी भ्रस्टाचार मुक्त अभियान
– २३ वटा महिला समूहहरुको १ छाता संगठन उर्जाशिल महिला समूह तारकेश्वर नपा ११ को अध्यक्ष
– उपाध्यक्ष स् समाज परिवर्तनका लागी महिला मञ्च
– सह–सचीव स् उज्वलटार महीला समुह
– कोषाध्यक्ष स् परिवर्तनशिल महिला उपभोत्ता समूह
लगायत अन्य विभिन्न सामुदायिक उपभोत्ता समिती तथा अन्य धेरै उपभोत्ता समुहहरुको काममा सकृयतापूर्वक काम गर्दै आइरहेको ।
– २०७४ को स्थानीय चुनावको वेलामा पनी उपप्रमुख सिफारिसमा पर्न सफल ।


क्याटेगोरी : स्थानीय
ट्याग : #साबित्रादेवी शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545