Techie IT
आईतबार, वैशाख ७,२०८२

सिन्धु अमेरिका सोसाईटीको एसईई उत्कृष्ट अंक प्राप्त गर्नेलाई नगदसहित सम्मान


खाडीचौर । सिन्धु युएसए वेलफेयर सोसाईटी अमेरिकाले सिन्धुपाल्चोक जिल्ला बाट २०७८ मा एसईई परिक्षामा सामेल भएर उत्कृष्ट अंक ल्याउने एक छात्र र छात्रालाई नगदसहित सम्मान गरेको छ । जनही ५१ हजार रुपैयाँसहित उत्कृष्ट अंक ल्याउने बालशिक्षा माध्यमिक बिद्यालयका छात्रा दिक्षिका पराजुली र सदावहार एकेडेमीका रामकृष्ण विकलाई सम्मान गरिएको हो । उनीहरुलाई एक कार्यक्रमकाबीच सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमवहादुर बस्नेत ( राजकुमार ) को हात बाट सम्मान गरिएको हो ।

बिद्यार्थीलाई सम्मान गर्दै अध्यक्ष बस्नेतले लगनशीलताले बिद्यार्थीलाई सही नतिजा ल्याउन सहयोग गर्ने बताउँदै सम्मान गर्ने संस्थाप्रति बिपन्न परिवारको आस्था बढेको बताउनुभयो । सोही अवसरमा सोसाईटीको छात्रबृत्तिमा अध्ययन गरेर १२ कक्षा उतीर्ण गरेका बिद्यार्थीलाई प्रशंसा पनि गरिएको थियो ।

१२ कक्षा उतिर्ण भएकी बिन्दा विकले सोईईटीको सहयोगमा स्तरीय शिक्षा प्राप्त गर्न पाएकाले आफू सक्षम वनेको बताईन् ।अहीले संथाको सहयोगमा २ जना उच्च शिक्षा अध्यन रत छ ११ माध्यमिक तह अध्यन गरीराखेका छन सोसाईटीका संस्थापक अध्यक्ष बंशलाल तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा समन्वय प्रमुख कृष्णप्रसाद सुवेदीले यस किसिमको कामले बिद्यार्थीको हौसला बढ्ने बताउनुभयो ।

आफू जन्मेको ठाउँ छोडेर अन्यत्र पुगेपनि जन्मस्थानको सेवा गर्ने पनि उद्धेश्य हो । साथै संस्थामा आवद्ध सदस्यहरुको लागि परेको समस्या पनि यसले पहिचान गरेर सहयोग गर्दै आएको अध्यक्ष सूर्यबहादुर खड्काको भनाई छ । सिन्धुपाल्चोक जिल्लाबाट अमेरिका पुगेका सन् २०१० मा यो संस्था स्थापना भएको हो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #सिन्धु अमेरिका सोसाईटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545