अबिरल बर्षा र बाढीका कारण तारकेश्वर साङ्गला पुलमा क्षती , सवारी आवत–जावत ठूलो समस्या

काठमाण्डौं । गएराती अबिरल बर्षा र बाढीका कारण तारकेश्वर नगरपालीकाका सबै वडाहरुमा प्रभाव पारेको छ । सबैभन्दा बढी प्रभाव वडा नं १ साङलामा पुलनै बगाएको छ । पुलमा क्षती हुँदा गोगंबु , छाप साङ्गला सडक पूर्ण रुपमा अवरुद्ध भएको छ भने वडा नं ३ जितपुर फेदीमा पहिरोले केहि घरहरु जोखिममा परेको छ ।
त्यस्तै वडा नं १,२,३,४,५,६ का धेरै सडकहरुमा बाढीका कारण क्षती पुगेको छ भने केहि घरहरु पहिरोका कारण जोखिममा परेका छन् ।
खोलाको बहाब अत्याधीक बढेपछि साङलेखोला करिडोर सहित अन्य खोला आसपासका स्थानीयहरु मध्यराती सम्म नसुती बसेका थिए ।
खोलाको आसपासमा नदि जन्य बालुबाको दोहनले पुल भासिदै गहिरहेको स्थानीयबासीको भनाई छ ।
स्थानीयले उक्त स्थानमा बालुवा झिक्ने काम तत्काल रोक्न माग गरेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर साङ्गला पुलमा क्षती
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्