Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वर १० मा वडाको पहलमा बिजुलीको पोल ढलेर हुन सक्ने क्षती टरयो


काठमाण्डौं । तारकेश्वर नगरपालीका वडा नं १० का जनप्रतिनिधिहरुको पहलमा बिजुलीको पोल ढलेर हुन सक्ने ठुलो क्षती टरेको छ । घले पुल र मनमैजु पुल बिचको करिडोरको बाटोमा रहेको ट्रान्समीटर सहितको पोल निकै जिर्ण भएको र बर्षातका कारण पोल ढल्ने अवस्था रहेको थियो । बर्षातसंगै बिष्णुमती खोलाको बहाबले पोलको तल्लो भागमा क्षती समेत गराइरहेको थियो । टोल सुधार समिति र बिद्युत प्राधिकरणले समेत कुनै वास्ता नगरेपछि स्थानीय व्यवसायीहरुले वडा कार्यालयलाई खबर गरेका थिए ।

बिजुलीको पोल नजिकै रहेको एक र्फनिचर पसल बिजुलीको पोल ढलेर क्षती पुग्ने डरले पसलनै सारेका थिए । निरन्तर बर्षा जिर्ण पोलले पार्न सक्ने क्षतीका बारेमा जानकारी पाएलगतै तारकेश्वर वडा नं १० का अध्यक्ष कुमार राई, तारकेश्वर नगर कार्यपालीका सदस्य शान्ता थपलिया, वडा सदस्य बाबुराम पौडेल सहित वडा सदस्यहरुले प्राधिकरणलाई पत्र लेख्दै तत्काल पोल सार्न अनुरोध गरेका थिए । वडाले निरन्तर दुई दिन सम्म नेपाल विद्युत प्रधिकरणलाई ताकेदा गरेपछि हिजो हिजो नेपाल विद्युत प्राधिकरण बालाजु शाखाले नयाँ पोल सहितको ट्रान्समीटर जडान गरेको छ ।

निकै जिर्ण र खोलाको बहाबका कारण ढल्ने अवस्थामा रहेको पोलको नजिकै बस्ती र व्यवसायीक संस्थाहरु समेत रहेका थिए । विद्युत प्राधिकरणको ध्यान नपुग्दा पोल ढलेर ठुलो क्षती हुने अवस्था रहेको थियो । स्थानीय युवा दिपक श्रेष्ठले भने “मानवीयतालाई यति सम्म ख्याल गरेर वडाका जनप्रतिनिधिहरुले काम गरेको देखेर खुसी लाग्यो ।” उनले भने “टोल सुधारका केहि मानिसहरु ढल्न लागेको पोलको फेसबुकमा फोटो हालेर हल्ला गर्न लागे, वडाले यसलाई गम्भीर रुपमा लिएर ठुलो मानवीय क्षती हुनबाट बचाउन पहल गर्यो धन्यवात वडा कार्यालय र जनप्रतिनिधिहरुलाई ” सगरमाथा पोष्ट


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर नगरपालीका, #तारकेश्वर नगरपालीका वडा नं १०


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545