Techie IT
सोमबार, वैशाख ८,२०८२

अनेमसंघ तारकेश्वरले जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण गर्ने


तारकेश्वर काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) तारकेश्वर नगर कमिटिले २०७९ को स्थानिय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई , शुभकामना तथा सम्मान एवं प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । अनेमसंघ तारकेश्वर नगर उपाध्यक्ष साबीत्रा शर्माका अनुसार सो कार्यक्रम असार ३२ गते शनिबार बिहान १०ः३० बजे तारकेश्वर मल्टि भेन्यू लामबगरमा तय गरिएको छ ।

कार्यक्रममा जिल्ला अध्यक्ष दिपक निरौला , अनेमसंघ काठमाडौं जिल्ला अध्यक्ष सरीता दाहाल , प्रदेश कमिटिका सदस्यहरुको सहभागीता हुने छ । कार्यक्रममा सहभागीताको लागी नगर तथा शाखा कमिटिका पदाधिकारी एवं सदस्यहरु , बिभिन्न जनसंगठनका पदाधिकारी एवं सदस्यहरु एवं निर्वाचित जनप्रतिनिधिहरुलाई सहभागीता लागी अखिल नेपाल महिला संघ तारकेश्वर नगर कमिटिले अपिल गरिएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #(अनेमसंघ) तारकेश्वर नगर कमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545