Techie IT
शनिबार, वैशाख ६,२०८२

सत्ता संगै किन परिबर्तन भयो तारकेश्वरको नारा ?


तारकेश्वर काठमाडौं । २०७४ सालको स्थानिय निर्वाचनमा नौं वटा वडा अध्यक्ष सहित बहुमत सदस्य जितेको नेकपा एमालेले बिरासत राखेको तारकेश्वर नगरपालिकामा २०७९ बैशाख ३० गतेको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले एमालेको बिरासतलाई उल्टाएको छ । एमालेको तर्फबाट मेयर भएका रामेश्वर बोहोराले गरेका केही नितिगत निर्णय , ऐन, कानुन र निर्देशिकाहरुलाई नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको आफू अनुकुल संशोदन गर्ने खोजिएको एमाले जनको आरोप छ । ऐन र नियम संगैं अहिले नगरपालिकामा चर्चाको बिषय बनेको छ नगरपालिकाको नारा ।

मेयर रामेश्वर बोहराको पालामा तय गरिएको नारा ” पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको शहर सांस्कृतिक तारकेश्वर नगर ” लाई बर्तमान मेयर कृष्णहरी मर्हजनले परिबर्तन गरि ” पहिचान , अपनत्व र अधिकार : दिगो बिकाशको आधार ” कायम गरिएको छ ।

नगरपालिकाकौ पहिचानको रुपमा तय गरिएको नारा परिवर्तन गर्दा कांग्रेसले एक पक्ष रुपमा निर्णय गर्नु उचित नहुने एमाले नगर कमिटिका अध्यक्ष बासु गौतमको तर्क छ । हामीले नगरपालिकाको नारा तय गर्दा बिभिन्न बुद्धिजीवी बर्ग , राजनैतिक दल एवं सरोकारवालाहरु संगको राय र परामर्श अनुसार तय गरेका थियौं तर हाल परिबर्तन गर्न आवश्यक नरहेको अध्यक्ष गौतमको भनाई छ ।

 

 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545