Techie IT
सोमबार, वैशाख ८,२०८२

असार १५ को अवसरमा फेसियल हाउसबाट नायिकाको फोटो सुट


काठमाडौ । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात “नेपाल्सनम्बर वान ब्युटी सैलुन फेसियल हाउसले आफ्नो ब्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणलाई विशेष प्राथमिकता राख्ने गरेको फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद शुष्मा महराले बताएकी छन् ।

नेपाली पर्व अनुसारको मेकअप ड्रेसका साथ फोटो सुट गर्ने र त्यस पर्वको दिन त्यस भेषभुषालाई प्रवद्र्वन गर्ने उदेश्य रहेको उनले बताए ।त्यसैअनुरुप असार १५ अर्थात रोपाई पर्वलाई लक्षित गरेर फसियल हाउसले रोपाई फोटो सुट गर्न समेत गरेको छ ।

त्यसो त फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने सैलुन हो । सुन्धारा स्थित मुख्य शाखाले एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीलाई उत्कृष्ट सर्भिस दिन सक्ने महरा बताए् ।
यसले अर्थतन्त्र बिकासमा नयाँ आयाम पनि थपेको छ । महराले आफुमा भएको व्युटि सम्बन्धीको ज्ञान आफुमा मात्र सिमित नराखि फेसियल हाउस मार्फत थुप्रै इच्छुक मानिसमा तालिम पनि दिने गरेकी छन् ।फेसियल हाउसले हेयर,फेस सम्बन्धी समस्या, मेकअप माइक्रोब्लेडिङ,हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदै आएको छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545