Techie IT
सोमबार, वैशाख ८,२०८२

शहीदलखन र भीमसेनथापा गाउँकार्यपालिकाले पायो पूर्णता


गोरखा। गोरखाको शहीदलखन र भीमसेन थापा गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । दुबै पालिकामा माओवादी केन्द्र र कांग्रेसको सहकार्यमा कार्यपालिका गठन गरिएको हो ।

शहीदलखन गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबाट तीन÷तीन जना कार्यपालिका सदस्य चयन भएका छन् । माओवादी केन्द्रबाट बिमला ढुङ्गाना अम्गाई, गिता परियार र कृष्णबहादुर प्रजा कार्यपालिका सदस्य छन् । कांग्रेसबाट लिना थापा मगर, हस्तकुमारी गुरुङ र शोभा मग्राती कार्यपालिका सदस्य चयन भएका छन् ।

कांग्रेस र माओवादी मत बरावर २१÷२१ आएपछि भिमसेन थापा गाउँपालिकामा गोलाप्रथाबाट सदस्य चयन गरिएको छ । जसमा महिला सदस्य तर्फ कांग्रेसबाट तीन जना कमला खनाल, टंककुमारी बिक, पार्वती थापा चयन भएका छन् भने माओवादी केन्द्रबाट सम्झना बसेल, गोपाल बराईली र कृष्णबहादुर सुर्खेती चयन भएका छन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #भीमसेनथापा गाउँपालिका, #शहीदलखन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545