गोरखा नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण गर्ने

गोरखा। पालिकाबासी किसानहरुको हितलाई ध्यानमा राखी गोरखा नगरपालिकाले धानको विउ वितरण गर्ने भएको छ । नगरपालिकाले २०७८÷०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानहरुलाई धानको विउ वितरण गर्न लागेको हो ।
अहिले धानको बिउ राख्ने सिजन सुरु हुन लागेको छ । धान खेती गर्ने कृषकहरुलाई सावित्री धान र राम धानको उन्नत बीउ ५० प्रतिशत मूल्य अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज राज पन्तले बताए । धान खेती सुधार ल्याउन र उत्पादन बढाउन नगरपालिका भित्रका धान खेती गर्दै आएका कृषकहरुलाई विउ वितरण गर्न लागेको हो ।
आवश्यक कागजात पेश गरेर प्रक्रिया पूरा गरेपछि सम्बन्धित वडाबाट धानको विउ वितरण हुने उनले बताए । यसका लागि धान खेर्ती गर्ने जग्गाको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी सम्बन्धित वडालाई बुझाउन उनले आग्रह गरे । यसका लागि नगरपालिका बुधबार नगरपालिको सूचना प्रकाशित गरेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #गोरखा नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्