तनहुँमा दलित समुदायका दुई उपप्रमुख विजयी

तनहुँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन् । जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा गोतामे सो पदमा निर्वाचित भएका हुन् । विक नेकपा (माओवादी केन्द्र) र गोतामे नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् ।
यसैबीच जिल्लामा मतगणना सम्पन्न भइसके पनि अझै चार पालिकाले सम्बन्धित निकायमा मतपत्र बुझाएका छैनन् । देवघाट, घिरिङ, शुक्लागण्डकी र व्यास नगरपालिको मतपत्र नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
ऋषिङ, आँबुखैरेनी, भानु, भिमाद, बन्दीपुर र म्याग्दे गाउँपालिकाले मतपत्र बुझाइसकेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । मतगणना पश्चात ६ महिनासम्म मतपत्र सुरक्षित राख्नुपर्ने हुन्छ । उनले भने, “उक्त अवधिभित्र मुद्दा नपरेपछि मात्रै व्यवस्थित गरिनेछ ।”
क्याटेगोरी : स्थानीय
ट्याग : ##तनहुँ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्