Techie IT
सोमबार, वैशाख ८,२०८२

सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी


काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।

एमालेकी कल्पनाकुमार कटुवालले १२ हजार २७३ मतसहित प्रमुखमा निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमेदवार देवानन्द महतोले ६ हजार ६६६ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उप्रमुखमा एमालेकै रामबाबुप्रसाद साह विजयी भए । उनले नौ हजार ९०१ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उमेदवार गंगा दाहालले सात हजार ११९ मत पाइन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #कल्पनाकुमार कटुवाल, #बरहथवा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545