कुनै सुविधा नलिने रामकुमार थापाको घोषणा

झापा । झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गर्नुभएको छ ।
निर्वाचन आयोगद्वारा निर्वाचितहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा वा सुविधा नलिने स्पष्ट पार्नुभएको हो ।
जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गर्नुभयो । दमकको समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै उहाँले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राप्रपासहितको सत्तारुढ गठबन्धनबाट उहाँ राप्रपाका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई प्रसार्इं निर्वाचित हुनुभएको थियो । दमकका १० वडामध्ये गठबन्धनले १,४ र १० जित्यो भने एमालेले अन्य ७ वटा वडामा जितेको थियो ।–रासस
क्याटेगोरी : स्थानीय
ट्याग : #दमक नगरपालिका, #रामकुमार थापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्