Techie IT
सोमबार, वैशाख ८,२०८२

गगन थापाको क्षेत्रमा सबै वडामा एमाले विजयी


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा कांग्रेस निल भएको छ ।

थापाले दुईपटक प्रत्यक्ष र एकपटक समानुपातिक निर्वाचन जितेको काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको मतगणना सकिँदा मेयर उपमेयरसहित सो क्षेत्रमा पर्ने सबै वडामा एमालेले विजय हासिल गरेको हो ।

बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमालेका मिठाराम अधिकारी तथा अनिता लामा फराकिलो मतान्तरले विजयी भएका छन् ।

गगनको क्षेत्रमा पर्ने बुनपाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ मा वडाध्यक्षसहित प्रायः सबै सदस्यसमेत एमालेले नै जितेको छ ।

वडा नम्बर १ बाट एमालेका सुरेन्द्र लामा वडाध्यक्ष जितेका छन् । त्यस्तै २ बाट राजेन्द्र श्रेष्ठ, ८ बाट सुमन तामाङ, ९ बाट सुमित्रा त्रिपाठी पाण्डे १० बाट नवराज भट्टराई, ११ बाट राजु अधिकारी, १२ बाट शम्भु भट्टराई र १३ बाट टिकेशनारायण श्रेष्ठ जितेका छन् ।

त्यस्तै गगनको क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी भइसकेका छन् । अब गणना भइरहेका ७, ८ र ३० को परिणाम आउन बाँकी छ । ३० नम्बर वडा गगन आफै मतदाता रहेको ठाउँ हो ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545