कांग्रेसलाई हराउँदै आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको हो ।
गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । एमालेका ऋषि केसीले गिरबहादुर दोस्रो कार्यकाल दोहोरिनका लागि अध्यक्षको प्रतिष्पर्धामा थिए ।
उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी पवित्रा गौलीले दुई हजार १८३ मत ल्याइन् ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा आँबुखैरेनी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्ष सहित पाँच वटा वडामा जितेको थियो । यसपाली माओवादीले नतिजा उल्ट्याउँदै अध्यक्ष उपाध्यक्ष सहित तीन वडामा जितेको छ । नेपाली कांग्रेस दुई वडामा खुम्चिएको छ । नेकपा एमालेले यसपाली पनि एक वडामा जित हासिल गरेको छ ।
आँबुखैरेनी– १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ ८५१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका किसन थापाले ४१५ मत प्राप्त गरे ।
वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका आशबहादुर गुरुङ विजयी भएका छन् । उनले ६६७ मत प्राप्त गरेका छन् । प्रतिष्पर्धी नेपाली कांग्रेसका सरोज पन्तले ४३५ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश केसी विजयी भएका छन् । केसीले एक हजार ८ मत सहित विजय हासिल गरेका हुन् । प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका विमलबाबु रानाले ६०५ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ४ मा मा नेपाली नेपाली कांग्रेसकी मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भइन् । उनको प्रतिष्पर्धी माओवादी केन्द्रका नेत्रबहादुर मगरले २१९ मत ल्याए ।
वडा नम्बर ५ को वडाध्यक्षमा माओवादीका सन्तोष गुरुङ आठ मतान्तरले विजयी भएका छन् । गुरुङले २८८ मत प्राप्त गर्दा प्रतिष्पर्धी नेकपा एमालेका चित्रबहादुर आले मगरले २८० मत प्राप्त गरे ।
वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका दिलीप गुरुङ तीन मतान्तरले विजयी भएका छन् । उनले ३९० मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रविण गुरुङले ३८७ मत प्राप्त गरे ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्