टोखा– २ मा मेरो जित निश्चित छ : उम्मेदवार श्रेष्ठ

काठमाडौं । यही बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौं टोखा नगरपालिका– २ मा एमालेबाट उम्मेदवार ध्रमेन्द्र श्रेष्ठले विभिन्न विकासका योजना अघि सारेर चुनावी मैदानमा होमिएका छन् ।
उनले यस निर्वाचनमा चुनाव जितेपछि सार्वजनिक जग्गामा वृक्षारोपण तथा पार्क निर्माण, फोहर मैलारहित खोला व्यवस्थापन, वस्तीमा असर हुने तथा प्रदुषण हुने कलकारखाना ढल वस्तीभन्दा बाहिर व्यवस्थापन गर्ने, वनजंगल संरक्षण गर्नेलगायतका योजना अघि सारेर चुनावमा होमिएको श्रेष्ले बताए ।
त्यस्तै, उनले प्रतक्ष तथा अप्रत्यक्ष आउने वडावासीहरुको सेवामा समर्पित भएर लागिपर्ने बताए । उक्त वडामा सडक बाटो तथा ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात लगायतमा सुधार गर्ने उम्मेदवार श्रेष्ठले बताए ।
त्यस्तै, उनले खेलकुद, संस्कृति, पर्यटन प्रवर्धन, युवा सरोकार, मातृभाषा संरक्षण, खेलकुद क्षेत्र, अपांगता भएका व्यक्तिहरुको लागि पनि समर्पित भएर सेवा दिने प्रतिबद्धता जनाए । साथै, उनले आफ्नो पक्षमा उक्त वडाका जनातको साथ पाएकाले चुनाव जित्ने निश्चित भइसकेको समेत दाबी गरे ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्