Techie IT
मंगलबार, वैशाख ९,२०८२

घुस लिने प्रहरी नायव निरीक्षक महतोविरुद्ध मुद्दा


गलकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले बागलुङका प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध विशेष अदालतमा आर्थिक अनियमितताबारे मुद्दा दायर गरेको छ ।

विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतोविरुद्ध रु ३८ हजार भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । उनलाई अख्तियारको टोलीले बागलुङ सदरमुकामबाट यही वैशाख ६ गते रङ्गेहात पक्राउ गरेको थियो ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545