चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र प्रचण्ड धनगढीमा

धनगढी । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् ।
प्रधानमन्त्री देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड पनि राति अबेर पुगेका हुन् । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए । उनले यो घर ०७४ को चुनावमा किनेका थिए ।
धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । यो सभालाई देउवा, प्रचण्डसहितले सम्बोधन गर्नेछन् । देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने छन्।
प्रचण्डले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ । गठबन्धनले आइतबार दाङमा चुनावी सभा गरेको थियो ।
धनगढीमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालसहित चुनावी मैदानमा छन् ।
धनगढी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको चुनावी क्षेत्र पनि हो । ०७४ को प्रतिनिधिसभा चुनावमा आरजु एमाले नेता नारदमुनी रानासँग पराजित भएकी थिइन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्