लमजुङमा तीन जनाको उम्मेदवारी बदर

लमजुङ । लमजुङमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये तीन जनाको उम्मेदवारी बदर भएको छ । ३० वैशाखमा हुने निर्वाचनमा लमजुङको दोर्दी गाउँपालिकाको दुई जना र क्व्होलासोंथार गाउँपालिकाका एक जनाको उमेदवारी बदर भएको हो ।
मनोनयन बदर हुनेमा मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट क्होलासोँथार गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मिनप्रसाद गुरुङको उम्मेदवारी बदर भएको हो ।
एउटै पार्टीबाट अध्यक्ष र उपाध्यक्ष पदमा दुवै जना पुरुषको उम्मेदवारी परेपछि सम्बन्धित पार्टीसँग छलफल गरी उपाध्यक्षका उम्मेदारको मनोनयन बदर गरिएको हो ।
दोर्दी गाउँपालिकामा पनि मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाटै अध्यक्षमा उम्मेदवारी दिएका रामबहादुर गुरूङको मनोनयन बदर भएको छ ।
सोही कानुनी प्रावधानका कारण उम्मेदवारी खारेजी हुने भएपछि सम्बन्धित पार्टीसँग समन्वय गरी अध्यक्ष पदका उम्मेदवार गुरुङको मनोनयन बदर गरिएको दोर्दी गाउँपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद ज्ञवालीले बताए ।
दोर्दी गाउँपालिका–५ मा दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी उम्मेदवार कुमारी सार्कीको पनि उम्मेदवारी बदर भएको छ ।
कुमारीको हस्ताक्षरमा प्राविधिक समस्या आएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी बदर गरिएको हो । निर्वाचन आयोगले तय गरिएका कार्यविधि अनुसार उम्मेदवारी नपरेको उनीहरूको मनोनयन बदर भएको हो ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्