Techie IT
मंगलबार, वैशाख ९,२०८२

आज पनि देशभर वर्षाको सम्भावना


काठमाडौं । आइतबार प्रदेश १ का तराई भू–भागका स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा मौसम प्रतिकूल बनेको हो ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी भू–भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । सोमबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545