कोषाध्यक्ष गुरुङलले पनि छाडे कमल थापाको साथ

काठमाडौं । शीर्ष नेताहरूले राप्रपा नेपाल परित्याग गर्न थालेका छन् । गत मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा नेपालको नेतृत्व गर्न पुगेका कमल थापाको साथ वरिष्ठ नेताहरूले छाड्न थालेका छन् ।
बिहीबार राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरि कोषाध्यक्षबाट राजीनामा बुझाएका छन् ।
केन्द्रीय कार्यालय विशालनगरमा गुरुङले आफ्नो राजीनामापत्र दर्ता गराएका छन् । गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए ।
२०३८ सालमा थापा नेपाल युवक संगठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए । गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्षसमेत भएका थिए ।
अहिले आएर गुरुङले थापाको साथ छाडेको छन् । थापासँगको राजनीतिक साथ छोड्नेमा गुरुङ मात्र होइन अघिल्लो साता शीर्षनेताहरूले पनि राप्रपा नेपाल परित्याग गरेका थिए ।
अघिल्लो साता उपाध्यक्ष उद्धब पौडेल, केन्द्रीय सदस्यहरु उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि राप्रपा नेपाल परित्याग गरेका थिए ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्