Techie IT
बुधबार, वैशाख १०,२०८२

यस्तो छ वडा अध्यक्षका उम्मेदवार श्यामकृष्ण महर्जनको प्रतिवद्धता


वैशाख, काठमाडौं । नेकपा एमालेबाट तारकेश्वर ९ बाट वडा अध्यक्षमा यसपटक श्यामकृष्ण महर्जनले उम्मेदवार दिएका छन् । महर्जनले आफु नेकपा एमालेको वडा पार्टी संयोजक र विगतमा गरेका सामाजिक कार्यहरका अनुभवका कारण वडा अध्यक्षमा उम्मेदवार दिएको बताएका छन् । महर्जनले वडामा आफु निर्वार्चित भएको खण्डमा नगरपालिकाबाट पाउने सेवा सुविधालाई व्यक्तिगत प्रयोग नगरेर शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताएका छन् । मनमैजुका किसानका सुपुत्र भनेर चिनिने महर्जन सफल व्यवसायी पनि हुन् । उनले रिसोर्ट सञ्चालन, कुखुरा फार्म, गाई फार्म, कृर्षि फाम लगायतका उद्योग व्यवसायमा संलग्न छन् ।

महर्जनलाई नेकपा एमाले तारकेश्वर ९ मा सर्वसम्मतीले उम्मेदवार छनौट गरेको थियो । लोकप्रिय छवी कमाएका महर्जनले पुरानो बस्ती र नयाँ बस्तीलाई मिलाएर लैजान सक्ने उम्मेदवारका रुपमा सबैले हेरेका छन् ।

को हुन् श्यामकृष्ण महर्जन ?

तारकेश्वर वडा नं. ९ स्थित मनमैजु पुरानो बस्तीमा वि.सं. २०४३ सालमा एक किसान परिवारमा जन्मीएर स्नातक तहसम्मको अध्ययन पुरा गरेका श्यामकृष्ण महर्जन सानै उमेरदेखि विभिन्न क्लवहरुमा आवद्ध भई काम गर्दै आएका थिए । महर्जनले विकास निर्माणदेखि, संस्कृति र बाजा संरक्षणमा समेत अतुलनीय योगदान पु¥याएका छन् । स्व. किसान बाबुराजा महर्जनका कान्छा सुपुत्रका रुपमा चिनिएका श्यामकृष्ण महर्जन तारकेश्वर ९ का टोलहरुमा सबैले उहाँको बुबाको नामबाट नै चिनिन्छन् ।
२०६२/०६३ को जनआन्दोलनपछि नेकपा एमालेको राजनीतिमा आवद्ध भएका महर्जनले सुरुका दिनमा एमालेको युवा संगठन युथ फोर्सको वडा संयोजक भई राजनीति सुरु गरेका थिए । महर्जनले निरन्तर रूपमा राजनीतिमा लागि पर्दै आएका छन् । महर्जनले एमाले पार्टीको ३ पटकसम्म वडा अध्यक्षको जिम्मेवारी सफलतापूर्वक बहन गरिसकेका छन् ।

सामाजिक क्षेत्रमा श्यामकृष्ण महर्जन :

– मिलीजुली टोल सुधार समितिका अध्यक्ष तारकेश्वर वडा नं. ९ को पूर्वाधार विकासमा खानेपानी, ढल व्यवस्थापनका साथै सडक निर्माणका कामहरु उल्लेखनिय मात्रामा गरेको मिलीजुली टोलबासीले बताएका छन् ।
– मनमैजु युवा समुहको सचिव भई महर्जनले सामाजिक कार्य र सांस्कृतिक सम्पदा संरक्षण र स्वास्थ्य क्षेत्रमा उल्लेखनिय योगदान गरेका छन् ।
– मनमैजु लसकुस बासुरी खलःको सहसचिव भई बाजागाजा संरक्षणका लागि निरन्तर प्रयास गरेको ।
– २०७२ सालको महाभूकम्पमा भूकम्प पीडितहरुको उद्धार र राहत वितरणका सफलतापूर्वक उल्लेखनिय काम गरेको छ । साथै कोरोना महामारीमा राहत वितरण, जनचेतनामुलक कार्यक्रम र औषधी छर्कने कार्यमा सक्रियतापूर्वक टोल टोलमा गई काम गरेका छन् ।
– वडा नं. ९ मा स्थापित महर्जन हरेक नागरिकको सेवामा दिनरात खटिन्छन् ।
– विभिन्न व्यापार/व्यवसायमा संलग्न महर्जन आर्थिक हिसावले पनि सम्पन्न मानिन्छन् । उनले एकपटक जनप्रतिनिधी भई जनताको सेवा गर्न चाहेका छन् ।
– मासिक १–१.५ लाख आम्दानी गर्ने महर्जन वडाको जनप्रतिनिधी भएर नितान्त सेवा र त्याग गर्न चाहेका छन् ।
– जनप्रतिनिधीमा निर्वार्चित भइसकेपछि नगरपालिकाबाट प्राप्त हुने सेवा, सुविधा र भत्ताहरुलाई व्यक्तिगत प्रयोजन गरिने छैन । उक्त रकमबाट वडाभित्रको विपन्न नागरिकहरुका लागि शिक्षा र स्वास्थ्यमा प्रयोग गरिनेछ । सो रकम वडा कार्यालय मातहतमा राखिनेछ ।
– युवादेखि बुढाबुढीसम्म घुलमिल हुन सक्ने, सबैले रुचाइएका महर्जनले नयाँबस्ती र पुरानोबस्ती मिलाउन सक्ने व्यक्ति हुन् ।

 आगामी योजना :

– वडा नं. ९ मा बढ्दै गएको खानेपानी समस्यालाई मध्यनजर गर्दै शुद्ध खानेपानी व्यवस्थापनका लागि एक वर्षभित्र सबै टोल टोलमा शुद्ध खानेपानी पु¥याइनेछ । पाइप बिछ्याउने कामको सुरुवात भएको छ ।
– विकास निर्माणको काममा आर्थिक सुशासन कायम गर्दै पूर्वाधारको विकासमा पहिलो प्राथमिकता दिइनेछ ।
– नेवारी सांस्कृतिक जात्राहरुलाई जोगाई राख्नको लागि पहिलो प्राथमिकता दिँदै, गुठीको जग्गा संरक्षण, भाषा, बाजागाजा र भेषभुषाको संरक्षणको लागि प्राथमिकतामा राखिनेछ ।
– वडा नं. ९ भित्र रहेका बाजागाजा संरक्षणका लागि अक्षयकोष स्थापना गरिनेछ ।
– मनमैजु पुरानो संस्कृति झल्कने घरहरु निर्माण गर्न प्रोत्साहन गरिनेछ । जसका लागि नगरपालिकाबाट केही प्रतिशत रकम सहयोग गरेर सडकका वरपर भएका घरहरुमा इट्टा टाँसिनेछ ।
– सामुदायिक विद्यालयको शिक्षालाई संस्थागत विद्यालयको भन्दा गुणस्तरीय र राम्रो वातावरणमा कक्षाहरु सञ्चालन गरिनेछ । सरकारी विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति र पुरस्कारको व्यवस्था गरिनेछ ।
– ६० वर्षभन्दा माथिका नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचार गर्ने कार्यको सुरुवात गरिनेछ ।
– वडाको शहरि स्वास्थ्य केन्द्रलाई सबैको विश्वासिलो र भरपर्दो स्वास्थ्य संस्था बनाइनेछ ।
– खेलकुदको क्षेत्रमा वडाअध्यक्ष कप कार्यक्रम निरन्तर गरिनेछ । उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्ने ।
– पूर्वाधार विकासको क्षेत्रमा बजेटलाई प्राथमिकता दिइनेछ ।
– कर तिर्न र र्सस्था दर्ताका लागि अनलाइन सिस्टमको व्यवस्था गरिनेछ । घरमै बसेर कर तिर्न र संस्था दर्ता, नविकरण गर्न सकिनेछ ।
– सरसफाईको क्षेत्रमा वडा भित्र प्रत्येक महिनामा ४ दिन सार्वजनिक बाटो, मठ मन्दिर र ढुंगेधाराहरुको सरसफाई अनिवार्य गरिनेछ ।
– वडा नं. ९ मा रहेका सार्वजजिक जग्गाहरु १ वर्षभित्र संरक्षण गरिसक्ने छु ।
– युवा र महिलाहरुका लागि सिपमुलक तालिम दिएर स्वरोजगार बनाउन प्रेरित गरिनेछ । आफैं घरेलु उद्योग, लघु उद्योगहरु स्थापना गरेर रोजगार दिनेलाई विशेष सम्मान र पुरस्कारको व्यवस्था गरिनेछ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #उम्मेदवार श्यामकृष्ण महर्जन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:29 am6:34 pm +0545