हेटौँडामा १३ पत्रकारलाई अवार्ड, सात जनालाई सम्मान

हेटौँडा । न्यू मिडिया एकेडेमीले हरेक वर्ष प्रदान गर्ने आएको हेटौँडा जर्नालिजम अवार्ड– २०७९ प्रदान गरिएको छ । अवार्डको तेस्रो र चौथो संस्करणमा मकवानपुरका १३ जना पत्रकारलाई अवार्ड तथा सात जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा अग्रज पत्रकार रुपेश दुलाल, नानीमैया कार्की सम्झना, रोशन पराजुली, कुमार अधिकारी पोष्टराज, सुनिल खड्का, हरिप्रसाद हुमागाईं र दीपक अधिकारीलाई शनिबार सम्मान गरिएको हो ।
त्यस्तै, उत्कृष्ट वर्ष पत्रकार अवार्ड महिलातर्फ सृजना नेपालले प्राप्त गरिन् भने पुरुषतर्फको अवार्ड देवराज पन्तले प्राप्त गरे । उत्कृष्ट नवप्रवेशी पत्रकारिता वर्ष अवार्ड महिलातर्फ निशा गुरुङ, पुरुषतर्फ सुमन दाहालले प्राप्त गरे ।
उत्कृष्ट अनलाइन पत्रकारिता वर्ष अवार्ड गणेश दुलाल, उत्कृष्ट कला पत्रकारिता वर्ष अवार्ड कपिल खड्का, उत्कृष्ट रेडियो पत्रकारिता वर्ष अवार्ड सम्झना रिजाल र उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड गणेशदर्पण अधिकारीले प्राप्त गरे ।
उत्कृष्ट कृयाशिल पत्रकार वर्ष अवार्ड सुनिल शिवाकोटी, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड अमृत चिमरिया, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड सुदीप शिवाकोटी, उत्कृष्ट टेलिभिजन पत्रकारिता वर्ष अवार्ड बालकृष्ण अधिकारी र उत्कृष्ट सम्पादक वर्ष अवार्ड शिवकुमार काशीले प्राप्त गरे ।
उत्कृष्ट वर्ष पत्रकार अवार्ड प्राप्त गर्ने दुई पत्रकारले जनही १० हजार रुपैयाँसहित अवार्ड प्राप्त गरे भने अन्य विधागत उत्कृष्ट पत्रकारले नगद ५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरे ।
न्यू मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको अवार्ड वितरणमा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्