तनहुँका जनप्रतिनिधिले दिए धमाधम राजीनामा

तनहुँ । तनहुँका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै फेरि स्थानीय तहको जनप्रतिनिधिमा दोहोरिन चाहानेले राजिनामा दिइरहेका हुन् ।
११ र १२ वैशाखमा उम्मेद्वारको मनोनयन दर्ताको मिति निर्वाचन आयोगले तोकेको छ । बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने सर्वोच्चले फैसला गरेसँगै जनप्रतिनिधिले राजीनामा दिन थालेका हुन् ।
शुक्लागण्डकी नगरपालिकाका १९ जना जनप्रतिनिधीले राजीनामा दिएका छन् । शुक्रबारसम्ममा राजीनामा दिनेमा पाँच जना वडाध्यक्ष पनि छन् ।
शुक्लागण्डकी–४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, शुक्लागण्डकी–५ का दिर्घबहादुर थापा, ८ का कृष्णप्रसाद रेग्मी, १० का रामचन्द्र भण्डारी र १२ का वडाध्यक्ष मनराज गुरुङले राजीनामा दिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठ, थापा, रेग्मी, भण्डारी र गुरुङ फेरी वडाध्यक्षमै दोहोरिन चाहान्छन् ।
रेग्मी र भण्डारीले पाएसम्म उपमेयरमा पनि आकांक्षा देखाएका छन् । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले पनि राजीनामा दिएका छन् । गाउँपालिकाको उपाध्यक्षका आकांक्षी उनले शुक्रबार गाउँपालिका अध्यक्ष पूर्णसिं थापासमक्ष राजीनामा बुझाएका हुन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्