Techie IT
बुधबार, वैशाख १०,२०८२

एमाले मुगुले लगायो उम्मेदवारको टुंगो


मुगु । नेकपा एमाले मुगुले उम्मेदवारी टुंगो लगाएको छ । यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि एमालेले आफना उम्मेदवारहरु टुंगो लगाएको हो ।

छाँयानाथ रारा नगरपालिकाको मेयरको लागि डम्वर रावल र उपमेयरमा टोमा लामालाई सिफारिश गरेको एमाले मुगुले जनाएको छ । पालिका प्रमुख र उपप्रमुखहरुहरुको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो ।

त्यस्तै, सोरु गाउँपालिकाको अध्यक्षमा डिल्ली प्रसाद भट्ट, उपाध्यक्षमा डिलकली शाही , खत्याड गाउँपालिका अध्यक्षमा लाल बहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुमकामारोङ गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ फुटिक लामालाई उम्मेदवार घोषणा गरेको छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:29 am6:34 pm +0545