Techie IT
बुधबार, वैशाख १०,२०८२

‘मानवअधिकारका उलंघनकर्तालाई जनप्रतिनिधि नबनाऔँ’


काठमाडौं । जवाफदेहिता निगरानी समितिले मानवअधिकारविरुद्ध कार्य गर्ने व्यक्तिलाई जनप्रतिनिधि नबनाउन र मतदान पनि नगर्न सबै मतदातालाई अपिल गरेको छ ।

समितिका संयोजक चरण प्रसाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकमा बढ्दै गएको गएको दण्डहीनताको अन्त्य गरी सुशासन, मानवअधिकारको सम्मान, स्वच्छ शासन प्रणाली तथा दिगो लोकतन्त्र स्थापनाका लागि मानवअधिकार उलंघनमा संलग्न रहेका जुनसुकै दलको उमेदवार भए पनि बहिस्कार गर्न मतदातालाई अपिल गरिएको छ ।

यस निर्वाचन प्रकृयामा भाग लिएका सबै राजनीतिक दल तथा जनप्रतिनिधि छान्ने हरेक मतदाताको विशेष जिम्मेवारी र संघीय लोकतान्त्रिक राजनीतिक व्यवस्थाको स्थायीत्व र प्रभावकारीताका लागि उमेदवार छनोटमा मानवअधिकार उलंघनकर्ता (अदालतबाट दोषी ठहर भएका) लाई जनप्रतिनिधि नबनाउन माग गरिएको छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:29 am6:34 pm +0545