Techie IT
मंगलबार, वैशाख ९,२०८२

माओवादीबाट एमालेमा प्रवेश गरेका मगरको नाम मेयर र वडाध्यक्षमा सिफारिस


महोत्तरी । हालै नेकपा (एमाले) मा प्रवेश गरेका फाल्गुन सुस्लिङ मगर बर्दिबास नगपालिका– ७ वडाध्यक्षमा आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा भएका छन् । अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए ।

तर, चुनावको मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो । उनी मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिसमा परेका हुन् भने वडाध्यक्षमा एकल उम्मेदवारका रुपमा सिफारिसमा परेका छन् ।

एमाले बर्दिबास नगर कमिटीले उम्मेदवार छनोट समितिको निर्णयअनुसार मेयरको उम्मेदवारमा टेकबहादुर बलाम्पालाई पहिलो र फाल्गुनलाई दोस्रो नम्बरमा सिफारिस गरेको छ । दुबै पूर्वमाओवादी हुन् ।

एमाले बर्दिबास नगर कमिटीका सचिव देवनारायण महतोका अनुसार मेयरको अन्य दाबेदारमा चन्द्रलाल क्यापछाकी, गुन्जबहादुर खड्का, कुमार भण्डारी, सारदादेवी थापा, सन्त परियार, केदारबहादुर बस्नेत र पारद पोखरेल पनि छन् ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:29 am6:34 pm +0545