Techie IT
मंगलबार, वैशाख ९,२०८२

एमालेले पञ्चेश्वरमा सबै उम्मेदवारको टुंगो लगाएर जुट्यो प्रचारप्रसारमा


काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा (एमाले) ले सबै उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारमा पुरानै दोहोरिएका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्टको नाम सर्वसम्मत चयन भएको छ ।

यसैगरी वडा नम्बर १ को अध्यक्षका लागि प्रमलसिंह घटाल, वडा नम्बर २ को अध्यक्षमा अर्जुनसिंह मंगोला, वडा नम्बर ३ को अध्यक्षका लागि मीनबहादुर चन्द, वडा नम्बर ४ का लागि जनकबहादुर चन्द, वडा ननम्बर ५ का लागि प्रकाश चन्द र वडा नम्बर ६ को अध्यक्षका लागि रामसिंह पुजारालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

गाउँपालिकाका सबै उम्मेदवार सर्वसम्मत रुपमा पालिका कमिटीले टुंगो लगाएको एमाले गाउँपालिका कमिटी अध्यक्ष प्रकाश चन्दले बताए । सबै उम्मेदवारका विषयमा छलफल भएपछि पालिका कमिटीले नै सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाई दैनिक प्रचार प्रसारमा जुटेको उनले बताए ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:29 am6:34 pm +0545