एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक : २०० युनिटसम्म बिजुली निःशुल्क दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार आयोजित समारोहमा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्दै पार्टीका उम्मेदवारले नेतृत्व गरेका स्थानमा स्थानीय सरकारमार्फत प्रत्येक घरपरिवारलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने र यसका लागि संघीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने घोषणा गरेका हुन् ।
विद्युत् सेवा नपुगेका हरेक घरमा आधारभूत विद्युत् सेवा पु¥याइने भन्दै उहाँले स्थानीय सरकारको बजेटमा पहिलो प्राथमिकतामा स्वास्थ्य, शिक्षाका साथै खानेपानी निःशुल्क गर्ने योजना रहेको बताउनुभयो ।
घोषणापत्रमा नेपाल नेतृत्वको सरकारले गरेका काम, विसं २०५१ मा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैँ बनाऔँलगायतका कार्यक्रम समावेश गरिएको छ । स्थानीय सरकारका काममध्ये निःशुल्करूपमा आमजनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने उल्लेख छ ।
उक्त पत्रमा भनिएको छ, “हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्करूपमा उपलब्ध गराइने छ । खानेपानी नपुगेका स्थानमा पिउने पानी अनिवार्यरूपमा पु¥याइने छ ।”
एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनका कारणलाई प्रष्ट पारिएको घोषणापत्रमा देशको आन्तरिक उत्पादनबिना आत्मनिर्भर तथा दिगो अर्थतन्त्रको विकास सम्भव छैन ।
कृषि उत्पादनपछि स्थानीय साधन–स्रोत प्रयोग गरेर सुरु गर्न सकिने औद्योगीकरण भनेको घरेलु तथा ग्रामीण उद्योग नै भएको उल्लेख छ । पालिकाले आफ्नो भूगोलभित्र के कस्ता घरेलु तथा ग्रामीण उद्योग खोल्नका लागि स्थानीय उद्यमीलाई प्रेरित गर्नु उपयुक्त हुनेछ भन्ने विषयमा गहन अध्ययन गर्ने, उत्पादित वस्तुको बिक्री हुने व्यवस्थाबारे लेखिएको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्